
Parai Thanera ft. Sunita Sanyak Limbu Lyrics
- Genre:Folk
- Year of Release:2021
Lyrics
ए होई होई ए होई होई
धरती सम्झेर प्रेम गर
कि बतास मानेर सास फेर
तिम्रो नजरमा दोषी भएँ म
पराई ठानेर नमार
ए होई होई
सुसाउँदैन
सुसाउँदैन मनको नदी
बग्दैन हिँउको सङ्लो पानी
तिर्खाले पोखिदै झर्छ आँसु
खोसिन्छ मिठो मिठो जवानी
बतासै सरर वरको डालीलाई
ज्यान प्यारै भई गयो माया जालीलाई
तिम्रो नजरमा दोषी भएँ म
पराई ठानेर नमार
ए होई होई
बतास खेल्ने
बतास खेल्ने जुनेलीमा
लाछिन्छ डाली फूलै रानी
बसाई हिँडेको बादल सितै
जुनैले लुकेर रच्यो कहानी
अँधेरी रातैमा जोडी हातैमा
छुटिको निस्ठुरी छैन साथैमा
तिम्रो नजरमा दोषी भएँ म
पराई ठानेर नमार
ए होई होई
ए होई होई
ए होई होई