
Bani ft. Indrakala Rai Lyrics
- Genre:Pop
- Year of Release:2025
Lyrics
तिमीलाई नै हेरि रहने बानी पर्यो मलाई
आँखा सामु हरदम सँधै देखिरहुँ तिमीलाई
तिम्रै बोली सुनि रहने बानी पर्यो मलाई
सँधै भरी बस्न पाउँ तिमी सँग रमाई
मागेन अनुमति यो मनले तिमीलाई मुटुमा राख्न
तैयार छ जिवन दुख सुखमा तिमीसँगै रुन हाँस्न
राखे हुन्छ त्यो मुटुमा सजाई मलाई हजुरले
जनम भरलाई बेरी राखुँला माया पिरतीले
तिम्रै नाम जपि रहने बानी पर्यो मलाई
तिम्लाई हेरि हाँसि रहने बानी पर्यो मलाई
गएन मन अन्त तिमी बाहेक लाग्यो तिम्रै हुँ सँधै
तिम्रै हुन्छु जिवनभर मायालु अन्त नसोच्नु कतै
लोलाएछु तिमी सामु तिमीसँग नजर जुधाएर
टोलाएछु तिमीलाई हेरी मिठो सपना सजाएर
तिम्लाई सम्झी टोलाई रहने बानी पर्यो मलाई
एकान्तमा बोलाई रहने बानी पर्यो मलाई