Zindagee ft. Annu Chaudhary Lyrics
- Genre:Pop
- Year of Release:2024
Lyrics
तिमीलाई हेरी तिम्रो बोली सुनी बितोस यो जिन्दगी
माया दिँदा तिम्लाई रित्तिन्छ भने रित्तोस यो जिन्दगी

तिम्रो दुखमा रुने खुसीमा हाँस्ने बन्न सकुँ
जस्तै परिस्थिती आए पनि तिमीलाई आफ्नो भन्न सकुँ
संसारै भुली तिमीसँगै डुली बितोस यो जिन्दगी
संसारै भुली तिम्रो साथमा डुली बितोस यो जिन्दगी
माया दिँदा तिम्लाई रित्तिन्छ भने रित्तोस यो जिन्दगी
तिमीलाई हेरी तिम्रो बोली सुनी बितोस यो जिन्दगी
तिम्रो जीतमा हरेक बाजी म सँधै हार्न सकुँ
बचाई तिमीलाई आफै बरु तिम्रै निम्ती मर्न सकुँ
जस्तै परिस्थिती आए पनि तिमीलाई आफ्नो भन्न सकुँ
तिमी मै भुली तिमी सँगै खुली बितोस यो जिन्दगी