
Machine Lyrics
- Genre:Pop
- Year of Release:2023
Lyrics
दिनभरि यो सहरले मलाई
मेसिन बनाउँछ
समयको चालसँगै दौडाउँछ
घरि कुदाउँछ
घरि सुस्तरी हिँडाउँछ
प्रदर्शनीमा राखेको डमी झैँ
हरेक पल मुस्कुराई बस् भन्छ
मनभित्र विद्रोहको आगो
भर्भराए पनि
निभाएर चुपचाप लाग् भन्छ
दुख्छु
थाक्छु
सहेर बस् भन्छ
दिनभरि यो सहरले मलाई
मेसिन बनाउँछ
जब रात पर्छ तब म
मान्छे हुन खोज्छु
दिल खोलेर रुन्छु
उन्मुक्त हाँसो हाँस्छु
दुख्छु
थाक्छु
सहेर बस्छु
दुःख लुकाएर
फिस्स हाँस्छु
दिनभरि यो सहरले मलाई
मेसिन बनाउँछ
समयको चालसँगै दौडाउँछ
घरि कुदाउँछ
घरि सुस्तरी हिँडाउँछ