
Dekhaunu chha Lyrics
- Genre:Spoken Word
- Year of Release:2024
Lyrics
लानु छ तिमिलाइ मेरो गाउँ ,
घुमाउनु छ तिमिलाइ मैले जन्म लिएको ठाउँ
देख्नु त पर्यो नि तिमिले पनि सिलटमा , खरिले तिम्रो
नाम कति कोरे भनेर ,
तिमी सङ पुग्नु अघि कत्रा चट्याङ फोरे भनेर
बिर्सेको छैन मैले अझै कति उकालो र ओरालो गरे भनेर
यात्रा को क्रममा कति चोटि जिउँदा जिउँदै मरे भनेर ।
देखाउनु छ तिमिलाइ ,
मेरो गाउँ मा फुलेका ति गुराँस र गोबान पनि
देखाउनु छ लामो यात्रा तय गरेर आएको दरम र
गौदि को दोबान पनि
देखाउनु छ तिमिलाइ झुलिरहेका ती झलुङ्गे पुल हरु
देखाउनु छ तिमिलाइ तिमी जस्तै फुलिरहेका फुल हरु
देखाउनु छ तिमिलाइ वनभरी डुल्ने
कस्तुरी अनि भिर मौरी का गोला हरु
देखाउनु छ तिमिलाइ हिउँद मा सुकेर
वर्खा मा उर्लिने
खहरे खोला हरु
देखाउनु छ तिमिलाइ गोबान , चिलाउने
चुलेत्र ,पयौं ,उतिस का बुटा हरु
देखाउनु छ तिमिलाइ हजुर आमाले
लुकाएर राख्ने ती छुट्टा हरु
देखाउनु छ तिमिलाइ सम्बन्ध हामिले बाल्ने टुकि र
बत्तीको
देखाउनु छ आमाले मिसिरी लुकाउने
सन्दुक र बाक्सा आटिको
देखाउनु छ तिमिलाइ लह लह झुलेको धान दुधिला भाटिको
देखाउनु छ तिमिलाइ घसघसाको उकालो
अनि बजार नरे ठाटिको
देखाउनु छ तिमिलाइ घुमन्ते अनि छेउ छाउका डाडाहरु
देखाउनु छ तिमिलाइ गुयली र चौतारि का काडा हरु
देखाउनु छ तिमिलाइ राम्चे र पेटारो को पहारा हरु
देखाउनु छ तिमिलाइ दह अनि गाइघाटको छहारा हरु
देखाउनु छ तिमिलाइ ढोरपाटन का फाट हरु
चट्टान फोरेर निरन्तर अगि बढिरहने दरम र
गौदीका आट हरु
देखाउनु छ तिमिलाइ लेक बेसि डाडा काडा र
ती भिर हरु,
जिन्दगिको लडाइँ मा हारेक आर्मी का पिर हरु
देखाउनु छ तिमिलाइ बेसिको धान झाटेर
बनाएका ती टौवा हरु,
उकालो ओरालो गर्दा मैले मेरो जिवनको भारी बिसाउनी ती पार्टी पौवा हरु
देखाउनु छ तिमिलाइ मेरो पुर्खाले
अर्जेको ती खेत अनि भारी हरु
मेरि आमाले घर व्यवहार चलाउन का लागि
बोकेका ती जिम्मेवारी हरु
देखाउनु छ तिमिलाइ गुराँस को भुरुङ्ग
अनि त्यो थोत्रो दारकाउलो को खाट पनि
मेरो जीवन पश्चात् मलाइ लगेर जलाउने
त्यो दरम खोलाको घाट पनि
अन्त्यमा तिमिलाइ देखाउनु छ त्यो मेरो
धमिरा ले खाएको पुरानो घर,
जुन तिम्रो हेरचाह पाउने आशामा
घाम पानी असिना सहेर
आफुलाइ जबर्जस्ति अढाइरहेको