![Ae Dil Hai Muskil](https://source.boomplaymusic.com/group10/M00/11/20/208cd89137ea443dbb0f24373f88c271_464_464.jpg)
Ae Dil Hai Muskil Lyrics
- Genre:Soul
- Year of Release:2023
Lyrics
मुस्किल ६, यहाँ मलाई तिमिलाइ नि कष्ट छ
धमिलो Future तर Past निकै प्रस्ट छ
मस्तिष्क कञ्चन तर मन मेरो भ्रष्ट छ
Supersoni उडिराथे दुर्घटना ग्रस्त छ
पञ्चौँछु बिद्न बाधा सधैं आगि बढिदेउ
कठिन छ बाटो थाक्दा आँगालो मा लडिदेउ
सफलता टाढा , म सिडि बन्छु चढिदेउ
फूल हैन काँडा बन मेरो मनमा गढिदेउ
नजिक त छौं तर सिक्का को दुई पाट्टो झैँ
सम्बन्ध यस्तो कहिले नटुङिने बाटो झैँ
अभागि खप्पर मेरो ठोकेर के हुन्थियो र?
भाको छु आज आफै बाझो खेतको माटो झैँ
सजिलो रैछ भन्न Let it go time heals
समझना तिम्रो छुरा And it really kills
सजिलो रैछ भन्न Let it go time heals
तिम्रो नै एडिक्सन I don't do no fucking pills
नपर्नु भर भन्छन, तिम्रो भर पर्छु म
तिमी छौ पारी, सात समुन्द्र तर्छु म
देवी देउराली सँग एउटै भाकल गर्छु म
हामी दुईको मिलन नत्र रुदा रुदै मर्छु म
साथ मा थियौं तेसैले त हाँसियो
समझना मात्र आज अरू सबै मासियो
बिपरित धुर्ब जस्तै याद मात्र टाँसियो
घुम्टे झैं अल्को आज सेति सरि भासियो
गन्तब्य पुग्नु तिमी तेइ छ मेरो कामना
दुश्मन र बैरी सबको गर्न सक्नु सामना
साथ हुन्छु तिम्रो हरेक दुख सुखमा
संसारलाई जित्नु तिमले यहि छ शुभकामना।