
Deathbed ft. VOYAGER Lyrics
- Genre:Hip Hop & Rap
- Year of Release:2023
Lyrics
जिन्दगीको यात्रा यस्तै
कैले नजिक कैले टाढा
जति टाढा माया गाढा
पर्खि बस सम्झि राख
भेट्ने दिन गन्दा गन्दै बित्ला कति रात
मरि जाउ भुल्ने छैन बिताएका साथ
ढुक्क भउ छाडी जान्न खाछु मैले बाचा
विश्वास गर तिम्रै हूँ म मन खोलि हाँस
यो जुनिलाई तिम्रै भए सजाएर राख
तिम्लाइ पाइन भने मैले त्यगिदिन्छु सास
त्यागि सके संगत मैले त्यगि सके कुलत
संसार जिते जस्तो लाग्यो गर्दा तिम्लाई True love
गर्दिन म Showoff, हुनु मन छ Growup
अन्तिम सास तिमि संगै Praying for the god
भूल्ने छैन माकसम बिताएका पल हरु
रुदै छ यो भित्रि मन कसरी म बल भोरुँ
तिम्रो याद मा छटपटि लेख्दै छु Song हरु
योद्ध हो माया को भन कुन चाहि जङ लडु
नाम भए पुग्छ मलाई
जात तिम्रो मतलब छैन
सबै कुरा बुझ्छु म
जिद्दी गर्ने बच्चा होइन
छाडि जान्छु जस्तो लाग्यो
मन ले कहिले सोच्या छैन
बिहे पछि मात्र सब
अहिले केहि खोज्या होइन
त्याग्दै छु त्यो घमण्ड
त्याग्दै छु त्यो Ego नि
माफ गरदेउ गल्ति मेरै
जे हुनु थ्यो भैगोनि
साथ संगै नभएनि
गारो पर्दा मै छु नि
नरुनु होइ आँशु झारी
जे हुनु थ्यो भैगोनी
सम्झनाले सताउदा
गारो समय कटाउन
छाडिसके साथ मैले
पाउनेछैन बचाउन
न त कहिले रुवाउछु अब
न आउनेछु हसाउन
गल्ती धेरै गरेको छु
मन छ केबल सच्याउन