![Mockingbird ft. Voyager](https://source.boomplaymusic.com/group10/M00/05/17/3e0d01f47a7d45cfb5ad24509dedce47_464_464.jpg)
Mockingbird ft. Voyager Lyrics
- Genre:Hip Hop & Rap
- Year of Release:2024
Lyrics
तिमी गयौ छाडी आज मन भारि
मुटु को बीचमा खेल्यौ खेल तिम्ले मन परि
झुल्यायौ फेरि घुमायौ तिम्ले फनफनी
बोलाउदिन अब कर गरि
गल्ती गरे मैले भर परि
छट्पटाउदै रात भरि
किन आउँछ पापी याद पनि
२ हात जोडी , बिना गल्ती माफी लाख चोटि
लैजाउ खुशी सापटी
म सङ्ग भाको छ कति
मै रुन्छु दिनकै ८ चोटि
न हासेको दिन छ
मात्र तिम्ले आँसु दियौ
न बाचेको दिन छ खुलेर
मात्र पासो दियौ
पाकेको फल पो ताकेको तिम्ले
मेरो त माया काचो थियो
थोरै उठेको आश को आत्महत्या
सुतेको लाश को खस्यो भाग्य
छुटो साथ सबै सत्य थाहा छ
म हारे खेल हाम्रो माया मा
मै पर्खी बस्थे कुरेर फेरि समय का छ
अझै बाकी छ मन भरी आश हरु
तिम्रै निम्ति लेख्छु गित
चल्दै छन यी हात हरु
मिल्छ भने फेरि फर्की आउ
धेरै छ गर्नलाई बात हरु
भाग्य मा खोट कि दैव को दोश
भोग्दै छु खै कुन जुनि का पाप हरु
तिमी हिंड्ने बाटो गोरेटो मा
का देख्यौ र जिउँदै मरेको म
आँसु बग्दा सम्म रोएको म
हिजो एउटै बगर आज बग्यो खोला
आँसु को झरी मा रुजेको चरी म
उड्न खोज्दा आज थाके म
तिमिलाई गुमाउने डर ले
आत्म को भर ले
कोशिस गरे केहि लागेन
टुक्रेको मन मा
माया को डोरि ले कस्न खोजे
गयौ फाटेर
तिमी बिना खुशी तिमी बिना हासो
रमाउन सिके मेरो आट हेर
फर्किन्छ रे रितु पनि
तिमी घडीको सुइ झै फर्की आउ
बद्लिन्छ रे मन पनि
मेरो खुशी सबै तिमी अन्तिम हौ
म टाढा भएको हेर बाध्यता ले
तिमी भुलेर सब थोक नजिक आउ
फेरि आँखा लाग्यो किन दैव को
मैले लाएको मायामा चाहेको रहिछौ फाइदा पो
सुन्दर सन्सार हेर्ने आँखा
आँसु मात्र भोग्दै छ
तिमिलाई पाउछु भन्ने आशा झुटो
भाग्य मा मेरो खोट रहिछ
पोख्दै छ किन कलमले आँसु
तिमी सङ्गै हुन्थे सधैं
आज था छैन मलाइ आफै का छु
तिमिलाइ जिन्दगिको शुभकामना
किन बुझ्दैनौ खै मेरो भावना