Man Chha Lyrics
- Genre:Acoustic
- Year of Release:2024
Lyrics
किरणहरु बनेर
छोएको छौ
मेरो मनको धर्ति र
आकाशलाई
रंग कति तिम्रो
किरणले
समेटेको छ
मलाई त्यो सबै
गन्न मन छ
रहस्य जस्तै
लुकेर अल्पिन्छौ
पल पल मेरो
मुटुसित
धड्किन्छौ
अब जहाँ लगोस
बाटोहरुले
तिमी सँगसँगै
हिड्न मन छ
बगेको हावा छ
तिम्रो सास छोएर
मेरोलागि खास
सन्देश बोकेर
त्यो हावासित
घोलिनु छ मलाई
तिम्रो सन्देश
सुन्न मन छ
रहस्य जस्तै
लुकेर देखिन्छौ
पल पल मेरो
मुटुसित अल्झिन्छौ
अब जहाँ हेरु
आँखाहरुले
तिमीलाई हेर्न
मन गर्छ
उडेको छ मेघा
बादल गर्जेर
मेरोलागि खास
सन्देश बोकेर
त्यो मेघसित भिज्नु
छ मलाई
तिम्रो सन्देश
सुन्न मन छ
रहस्य जस्तै लुकेर
अर्थिन्छौ
पल पल मेरो
मुटुभित्र धड्किन्छौ
अब जहाँ लगोस
बाटोहरुले
तिमी सँगसँगै
हिड्न मन छ