
Phoolko Bayanma Lyrics
- Genre:World Music/Folklore
- Year of Release:2008
Lyrics
फूलको बयानमा
काँडाको पनि नाम आउँछ
यसो कतै चर्चा चले
तिम्रो त्यसै याद आउँछ
मिलनको मौसममा बिछोड भुलेछु
बहारको रमझममा पतझड भुलेछु
पतझड र बिछोडको के कुरा
आजभोलि आफैंलाई भुलेछु
फूलको बयानमा
खसेको ताराझैं आकाश हेरेछु
आज घाउपछि मात्र काँडा देखेछु
यति लामो बाटो नाघिसकें
अब मुटु छाम्न पुगेछु
फूलको बयानमा