
Yo Naniko Shiraimaa Lyrics
- Genre:World Music/Folklore
- Year of Release:2008
Lyrics
यो नानीको सिरैमा ईन्द्रकमल फूल फूल्यो
मगमग चल्यो बासना
अनिदाले हो कि मोहनिले हो कि
यो नानीको सिरै ढल्केको
हामि पनि रिसिङ्गको तिमी पनि रिसिङ्गको
लाई दिउँ माया एकै किसिमको
चोलो दिउँला मखमलि सारी दिउँला फाईबर
मै हुँ कान्छि रेलको डाईबर
अँकुसिले तानु कि झटारोले हाँनु कि
यो नानीको सिरमै मोहनी
पालुङ्गटारको गोरुले सल्यानटारको बिउ खायो
कान्छि ल्याउँदा जेठी जिल खायो
यो नानीको सिरैमा ईन्द्रकमल फूल फूल्यो
मगमग चल्यो बासना