
Ghumtima Na Aau Hai Lyrics
- Genre:World Music/Folklore
- Year of Release:2008
Lyrics
घुम्तीमा नआउ है, आँखा तिमी जुधाउन
बाँधिए माया फेरि गार्हो हुन्छ फुकाउन
घुम्तीमा नआउ है
भोलि जब हुन्छौं हामी, ओ...हामी, एकअर्कासँंग टाढा
फूल जस्तो माया पनि हो बिझाउने बन्छ काँडा
सुस्केरामा रात बिझ्छ सक्ने छैनौ निदाउन
घुम्तीमा नआउ है
बतासमा उडी उडी ओ....आँउछ गीत मुटु छुन
एक्लै दिनहुँ दुःखी बनी पर्छ प्रीत सम्झी रुन
आउँदैन आँगनमा पापी जून, चियाउन
घुम्तीमा नआउ है