Kahi Katai Lyrics
- Genre:Pop
- Year of Release:2024
Lyrics
कहीं कतै तिम्रो सामु नहुँदा
याद आउने गर्दैन र?
मेरा प्रश्नहरूको जवाफ पर्खिदा
अनेक थरी कल्पना गर्छु म
निकै लामो लाग्छ त्यो समय पनि
जब तिम्रो आकृति पाउँदिन
यति धेरै माया नभए
किन हुन्थे तिम्रै प्रतीक्षामा
हा... हा... हा...
हो... हो... हो...
बोलाई ल्याइदेउ कसैले
बादल पारी पुगेर
समय धेरै कठिन भइसक्यो
म नै जाने हो कि
उढेर...
हा... हा...
जब त्यही तिम्रो सामु म हुँदा
मेरो कदर गरिदिनु है
गल्ती केही भए मबाट
माफ गरिदिनु है
सुन्यता तिम्रो हुँदा
एक्लोपन महसुस हुन्छ मलाई
हो... हो... हो...
बोलाई ल्याइदेउ कसैले
बादल पारी पुगेर
समय धेरै कठिन भइसक्यो
म नै जाने हो कि
उढेर...
हा... हा...
कहीं कतै तिम्रो सामु नहुँदा
याद आउने गर्दैन र?