
Aaja Bholi Lyrics
- Genre:Alternative
- Year of Release:2010
Lyrics
आजभोलि देख्दिन म तिनी कता गइन्
राति त्यतै सिरानी होस् तिनी जता गइन्
हिमचुलीमा एउटा घाम बेसीँ एउटा छाया
देखादेखी भएको मात्रै नबोलेको माया
मेरो झ्याल त्यतै खुलोस् तिनी जता गइन्
राति त्यतै सिरानी होस् तिनी जता गइन्
बतासले बगाई ल्याउने छहराको ध्वनी
त्यही ध्वनी झैँ फर्की गइन् मनमा के के गुनी
मेरो त्यतै बजोस् तिनी जता गइन्
राति त्यतै सिरानी होस् तिनी जता गइन्
तिनी मेरो सम्झनामा रुप मात्र शेष
नाऊँ थाहा छैन मलाई जाऊँ कुन देश
मेरो हंश त्यतै उडोस् तिनी जता गइन्
राति त्यतै सिरानी होस् तिनी जता गइन्