Get Premium

Kina Aauchha Lyrics
- Genre:Folk
- Year of Release:2007
Lyrics
किन आउँछ पुरानो कुरा मलाई सताउन
मन खोली रुँदा सबैले भन्छन् तँलाई सुहाउदैन
बैरीले पनि नदिने दुःख दियो यो मायाले
जीवनभरि छोडेन मलाई बैगुनू छायाले
रजनीगन्धा वासना आउँछ रातिमा ब्यूँझाउन
मन खोली रुँदा सबैले भन्छन् तँलाई सुहाउदैन
बर्खाको खोला सुसाए जस्तो उर्लिने भावना
उमङ्ग छुटे जंघार पारी बाँकी छ वेदना
सुसेली हाल्दा प्रितिको भाका जानिन फर्काउन
मन खोली रुँदा सबैले भन्छन् तँलाई सुहाउदैन