![Reet Bina Aaune](https://source.boomplaymusic.com/group10/M00/10/02/29ad312bd7a245d6bbdc91112c90fc59_464_464.jpg)
Reet Bina Aaune Lyrics
- Genre:Folk
- Year of Release:2007
Lyrics
रीत बिना आउने सपनाहरूलाई जतनले राख्न म कहाँ सक्छु
बसन्त बिना फक्रिने फूललाई होसले सिहार्न म कहाँ सक्छु
अनुरोध बेगर हाँस्न थाल्छन् नजरका कोमल फूलहरू
जताततै झरेको देख्छु फूलका रङ्गिन जोवनहरू
परेलीले थुन्दै आँशुका भेललाई तस्वीर खिच्न म कहाँ सक्छु
रित्तो गिलासमा जिन्दगी भर्दै त्यो रुप पिउन म कहाँ सक्छु
लुकामरी गर्छन् हरेक रात यौवनका मीठा सपनाहरू
ढलेर मर्छन् हरेक साँझ बैँसका तल्लिन उमेरहरू
भीडमा खस्ने त्यो तिम्रो हाँसो अञ्जुलीमा थाप्न म कहाँ सक्छु
किनारै बेगर बेगेको त्यो लाज बाँधले छेक्न म कहाँ सक्छु