Bachna Pani Lyrics
- Genre:Alternative
- Year of Release:2010
Lyrics
बाँच्न पनि साह्रै रहेछ, मर्न पनि गाह्रै रहेछ
जिन्दगानी भन्नु पनि यस्तै रहेछ यस्तै रहेछ
रोऊँ भने छाती पिटी कहाँ गई डाँको छाडूँ
छातीभरि व्यथा बोकी हाँसूँ कसो गरी हाँसूँ
हाँस्न पनि गाह्रै रहेछ, रुन पनि गाह्रै रहेछ
जिन्दगानी भन्नु पनि यस्तै रहेछ यस्तै रहेछ
सम्झूँ भने बिर्सनेलाई कति दिन सम्झिरहूँ
ढुकढुकीमा बस्नेलाई बिर्सूं कसो गरी बिर्सूं
सम्झन नै साह्रै रहेछ, बिर्सन नै गाह्रै रहेछ
जिन्दगानी भन्नु पनि यस्तै रहेछ यस्तै रहेछ