
Aama, Chhori Ani Buhari Lyrics
- Genre:Hip Hop & Rap
- Year of Release:2022
Lyrics
यो आमा छोरी अनि बुहारीको सम्बन्ध
लुकेर गरे बात सुन्ने गरि भने फसाद
यो आमा छोरी अनि बुहारीको सम्बन्ध
लुकेर गरे बात सुन्ने गरि भने फसाद
यहा महिलाको लागि लड्नेहरुको ठुलै रहेछ जमात
तर त्यहि महिलाको लागि किन हुदैनन् छोरी र बुहारी एकै समान
त्यहि महिला आफ्नी छोरीको अगाडी प्यारी आमा
अनि अर्काकी छोरीको अगाडी किन अज्ञानी आमा हुन्छिन
त्यहिँ आफ्नो आमा आखामा राख्दा नबिझाउने आसु हुन्छिन
तर अर्काकी आमा आमा नभैकन सासु हुन्छिन
यो सम्बन्धहरु बताउदा जति गाह्रो छ
असलियत मा बिताउदा त्यो भन्दा अप्ठ्यारो छ
आफ्नी छोरी माइत फर्कदा हर्षित हुने आमाले
बुहारी माइत जादा चाहि किन दुखित हुन्छिन
आफ्नी छोरी उसको घरमा अबेरसम्म सुत्दा रमाउने
तर बुहारी झुक्केर ढिलो उठ्दा कराउने, किन ?
सायद त्यहि भएर उसलाई छोरी होइन बुहारी भनिन्छ
जसले बिहेपछि पति को माया सुद्द गुहारी गुहारी पाउछे
तर अचम्म छ
घरमा आफ्नो छोराले बुहारीको पक्ष लिदा
छोरा जोइटिङ्ग्रे भैदियो
तर आफ्नी छोरी लाइ ज्वाई ले Support गरेनन भने
कस्ता हुतिहारा ज्वाई परेछन भन्ने बाटो बनिदियो
बुहारीले दिनभर अफिस मा जतिसुकै काम गरोस थाकोस
त्यसलाई काम मानिदैन
जबसम्म घर आएर जुठा भाडा माझिदैन
उसको थकान र आसु बुझ्न नसकेकी भएर होला
उनि सासु भएकी
आफ्नी छोरी ले घरको कुरा ल्याएर
भन्दाचाहि उसले पिडा सुनाएको हुने
तर बुहारीले सानो दुखेसी लगेर आमालाई पोख्दा
थाहा भयो भने त्यहि कुरा लगाएको हुने
छोरी ले लगाएको २ बित्ते स्कर्ट मा कहिलै प्रश्न नगर्ने आमा
बुहारीले लगाएको पाइन्ट मा खण्डन गर्दै बस्छिन
किन ति सासुले आफ्नो सोच सकारात्मकताले घेर्न सक्दिनन
किन त्यो बुहारीलाई छोरीको रुपमा हेर्न सक्दिनन
किन त्यहि आमालाई छोरी को मात्र चिन्ता असाध्य हुने
किन त्यहि छोरी माइत गएर आसु खसाल्न सधै बाध्य हुने
आफ्नी छोरीले खालि भनेर
घ्यु र तरकारी पठाउदा आफु चाहि जाति हुने
तर बुहारीलाई भनेर चिजबिज पठाउदा
तिनै सम्दिनी किन उसको नजरमा आखि हुने
बुहारीले घरमा मलाइ सघाउने मान्छे राखौ न भन्छिन
सासु म छु कोहि जान्ने हुन पर्दैन भन्छिन
तर ८–९ घण्टा job गर्ने बुहारीले
बिहान बेलुका पकाउने माझ्ने गर्दैमा फुर्सद छैन
यो सासु बुहारीको सम्बन्ध कस्तो कस्तो
जति डुब्यो त्यति तल गइन्छ जस्तो
न सम्झाउन सकिन्छ न बुझाउन
न आसु पुछिदिन सकिन्छ न आफ्नो आखा भिजाउन