![Garo Chha](https://source.boomplaymusic.com/group10/M00/03/11/7fea48fb407f46b2b3a9c4f92490d22a_464_464.jpg)
Garo Chha Lyrics
- Genre:Hip Hop & Rap
- Year of Release:2023
Lyrics
You know, life ले केहि experience दिन्छ
त्यसलाई lesson बनाएर अघि बढ्नुपर्दो रहेछ
म पनि त्यहि अनुभव बटुल्न हिडेको बटुवा
Let's see कहा पुगिएला
कति गाह्रो छ यहा कति गाह्रो छ
जिन्दगीको भागदौड मा उठ्न साह्रो छ
धेरै गाह्रो छ अत्ति गाह्रो छ
अघि बढ्न खोज्दा खुट्टा काम्छ बाटो ठाडो छ
कति गाह्रो छ यहा कति गाह्रो छ
मनमा भाको घाउ अझै पनि आलो छ
था छ गाह्रो छ जे अप्ठ्यारो छ
तर केहि छैन हुन्छ पुरा सपना चाहे जति गाह्रो छ
कति गाह्रो छ कसैले सोधेन कैले
Fake को भीड बाट म उम्किए पैले
मेरो lifestyle देखि रिस नगर तैले
आफुले चाहे जस्तो life बनाको हो मैले
ऐले देख्दा सबले भन्छन भाको छ फलिफाप
आजको आराम देखिस म सुत्या छैन कति रात
गरे परिवार साथीभाई खुशीको नि बलिदान
बग्यो रगत पसिना तलाई था छ भने भनिहाल
था छैन तलाई मलाइ के भाथ्यो
लिई हातमा सलाई आफुलाई जलाउ जस्तो लाग्थ्यो
बन्द कोठा भित्र सिक्दै छु deep lesson
अन्जान आफै बाट नाम पाए depression
म काटिने सिधा रुख त्यसैले यहा बाङ्गो टिक्छ
कैद थे म आफ्नै भावनाको साङ्ग्लो भित्र
बोकी संघर्षको भारि चुडिएको नाम्लो सित
आज king size bed पैला टालो कोची थाङ्गनो भित्र
कति गाह्रो छ यहा कति गाह्रो छ
जिन्दगीको भागदौड मा उठ्न साह्रो छ
धेरै गाह्रो छ अत्ति गाह्रो छ
अघि बढ्न खोज्दा खुट्टा काम्छ बाटो ठाडो छ
कति गाह्रो छ यहा कति गाह्रो छ
मनमा भाको घाउ अझै पनि आलो छ
था छ गाह्रो छ जे अप्ठ्यारो छ
तर केहि छैन हुन्छ पुरा सपना चाहे जति गाह्रो छ
Giving up is not in the blood sir
आज बाच्दै छु म life आफ्नै तरिकाले
जुँगा बनि रोक्न खोज्छन मुख मेरो गरिखाने
अनुभव को भारि हाल्दै डोको मैले भरि लाने
रोक्किन्न कहिपनि म भोको चरी उडी जाने
तर कैलेकाही सोचेझै गर्छु मैले
के गर्ने अब भनि नया बाटो खोज्छु जैले
हराउछु भिड मा तर hustle छ दिन रात
जति गरेपनि मेटिदैन मनको तिर्खा
तर कोसिस छ जारि काधमा जिम्मेवारी
गन्तव्यमा पुग्न कैयौ सपना लाइ मारी
लक्ष्य तर्फ अडिग चाहे बाटो छ जटिल
मेरो सपनाको महलमा शैतानको सवारी
सोच्छु कति पटक यसरि के बाच्नु भनि
आफ्नो लागि आफु मात्र अरुको के आशा गर्नी
समाजलाई जवाफ नकाब लगाई हास्नु पर्नी
पिडा बाकि मनमै तर सुकिसक्यो आसुजति
कति गाह्रो छ यहा कति गाह्रो छ
जिन्दगीको भागदौड मा उठ्न साह्रो छ
धेरै गाह्रो छ अत्ति गाह्रो छ
अघि बढ्न खोज्दा खुट्टा काम्छ बाटो ठाडो छ
कति गाह्रो छ यहा कति गाह्रो छ
मनमा भाको घाउ अझै पनि आलो छ
था छ गाह्रो छ जे अप्ठ्यारो छ
तर केहि छैन हुन्छ पुरा सपना चाहे जति गाह्रो छ
यो गाह्रो बाटोमा हिड्दा लडिन्छ
तर उठेर धुलो टक्टग्याएर अघि बढ्नु नै life रहेछ