![Ma Marey Bhaney](https://source.boomplaymusic.com/group10/M00/07/17/6a204d7aca64451caeb478d2c23c1594_464_464.jpg)
Ma Marey Bhaney Lyrics
- Genre:Hip Hop & Rap
- Year of Release:2022
Lyrics
मेरा यादहरु बचाइदिनु यदि म मरे भने
मलाइ कायर नबोलाइदिनु आत्महत्या गरे भने
मेरा गितहरु बजाइदिनु यदि सधै लाइ आवाज बन्द गरे भने
मलाइ कात्रो नवढाइदिनु यदि चिसो भुइँ मा लडे भने
हे भगवान कस्तो नराम्रो सोच आइराछ
होस् बाटो मा हराइराछ कातर झैँ डराइराछ
मलाइ औधि माया गर्ने आमाको यादले सताइराछ
बाक्लो जुँगा फुस्रो मुख भाको बाको झल्को एकदम लाइराछ
मेरी ठुलिदिदिको हासो मलाइ सबैभन्दा मनपर्छ
मेरी कान्छी दिदीलाई मनपर्ने मसँग गफगाफ गर्न
साथीभाई छरछिमेक म सबैसंग नजिक
शरीर पो टाढा गएको हो त यादमा हुनेछु जीवित
दाइले खुब सम्झन्थ्यो भनि भनिदिनु मेरा भाइहरुलाई
मेरा गीतहरु सुनिदिने सबै धन्यवाद तपाइहरुलाई
शिलालेख होइन बरु मनमा रहुन मेरा भनाइहरु
कसैलाई नराम्रो नहोस यी तिता जिन्दगीका भोगाइहरु
मेरी प्राणप्यारी संगिनी मलाइ माफ गरिदेउ है
म नरहेपनि सधै त्यो सिउदो भरिदेउ है
मेरो यादमा तड्पी होइन नया साथि रोज्नु बरु
त्यहि विश्राम नलिनु नया बाटो खोज्नु बरु
यदि म मरे भने
मेरा कपडा नडढाइदिनु यदि म मरे भने
गरिबको आङमा लगी ओढाइदिनु बरु म मरे भने
म मरेको खबरले मेरा शत्रुहरुलाई बधाई दिनु
१३ दिनमा आउन नभ्याएका मित्र हरुलाई मिठो जेरीहरु पठाइदिनु
ठुलो पानि पर्दाको दिन नतड्पनु है मेरो यादमा
म कस्तो भिज्न मनपराउथे त्यो बैसाख को बर्षात मा
मेरा Rap battle गरेका साथीहरुलाई सम्झना सुनाइदिनु
यदि मन कहिँ कतै दुखेको भए भुल्नलाइ लगाइदिनु
मलाइ जीवनभर साथ दिएका साथि हरु
धन्यवाद बाहेक केहि दिन सकिन
आज म ढलेको छु यो जिन्दगीको भागदौडमा
अडिग भएर उभिन सकिन
मेरा स्कुल पढ्दाका जिग्रिहरु
भेटेर पार्टी गर्ने भनेको अधुरै रह्यो
जिन्दगीको उतारचढाव बारे कैयौ गीत लेख्छु सोचेको थिए
त्यो पनि अपुरै रह्यो