![Chitthi Bhitra](https://source.boomplaymusic.com/group10/M00/07/03/8980980c146d487d812933cd99b39c0f.jpg)
Chitthi Bhitra Lyrics
- Genre:Pop
- Year of Release:2018
Lyrics
Chitthi Bhitra - Sajjan Raj Vaidya
...
चिट्ठी भित्र राखेर पठाउँदै छु
मेरो माया म तिमीलाई
खोली पढि देउन है
आटे जती भरेर पानाहरु मायाका कुरा लेखेर
मनले जानेको सबै
अक्षर अक्षर जोडेर
भावनाहरु सबै पोखेर
तिमीलाई नै सुम्पिदिएँ यो मन
तिम्रो अस्तित्वले नै मेरो अस्तित्वलाई अर्थ दिन्छ
हाँसोले खुशी चिने झै
मेरो मुटुले तिमीलाई चिन्छ
हामी दुई एकअर्का कै सहारले
बाँचौला हाम्रो जिन्दगी
एउटै नाम बोकेर
बुढेसकालमा हाँसोले चाउरिएका
हाम्रा अनुहारका रेखाले
हाम्रै काभ्य कोरेर
मेरो स्वर, मेरो संगित
तिम्रै नाम गरेर
म तिम्रै निम्ती जिएँ जीवन
तिम्रो अस्तित्वले नै मेरो अस्तित्वलाई अर्थ दिन्छ
हाँसोले खुशी चिने झै
मेरो मुटुले तिमीलाई चिन्छ
भएजती मेरो माया
अलीअली गर्दा गर्दै
तिम्रै हत्केलामा मैले
ल्याई राखिदिएँ सबै
तिम्रै हाँसोको दृश्यले
मेरो खुशीलाई रुप दिन्छ
तिम्रो अस्तित्वले नै मेरो अस्तित्वलाई अर्थ दिन्छ