Phutki Jaaney Jovan Lyrics
- Genre:Pop
- Year of Release:2020
Lyrics
Phutki Jaaney Jovan - Sajjan Raj Vaidya
...
फुत्केर गयो यो उमेर नि
ढाकाले ढाकेर राखेको
आफैमा आई लाग्यो कि, खै के?
जवानी भरको ढाँटेको
बुझ्न नसकिने खै के हो
दुई दिने रितको संसार यो
एक त हिजो मै खेर गैगो
आज नि अवेर भै सको
म चाँही आफ्नै बाटो लागुम है अब
म चाँही आफ्नै बाटो लागुम है अब
हिजो त जवानी ढल्के थ्यो
आजै नै त्यहि कुरो खै के भो?
पिरती लाखेटेरै हो कि
जिन्दगी मेरो खेर गाको
अरुको कुरो त सुनेर
दौडिनु दौडियो चारै तिर
चाउरो परेसी पो थाहा भो
धन सबै नहुदो रहेछ
म चाँही आफ्नै बाटो लागुम है अब
म चाँही आफ्नै बाटो लागुम है अब
म चाँही आफ्नै बाटो लागुम है अब
एई फुत्कि जाने जात हाम्रो
हेर्दा हेर्दै गै गयो
आज नि अवेर भै सको
बुझ्न नसकिने खै के हो
दुई दिने रितको संसार यो
एक त हिजो मै खेर गैगो
आज नि अवेर भै सको
~~~~THE END~~~~