
Apthero Lyrics
- Genre:Rock
- Year of Release:2023
Lyrics
लामो यात्रा यो कठिन छ मेरो
बुझि नसकिने जीवन यो मेरो
एउटै सोँच हो तिम्रो मेरो
केहि गर्छु भनेर घर छाडि हिँडेको
तिम्रै यादमा मन तड्पियो
लक्षहीन होइन संघर्ष मेरो
जवाफ दिन्छ को हत्या हिंसाको
विकाशको नाममा बलत्कार भो
व्यापार देहको खुले आम भो
दृष्टी विहिन समाज यो मेरो
तिम्रै खेलमा देश बिग्रियो
दु:ख पीडा भुलि विदेशिनु पर्यो
गाह्रो सारो अप्ठेरो मेरो दिनको
समय पनि त बित्दो हो
रात पछि आउँदो दिनको उज्यालो हो
हामी सबैले हो कुरेको
गाह्रो सारो अप्ठेरो मेरो दिनको
समय पनि त बित्दो हो
रात पछि आउँदो दिनको उज्यालो हो
हामी सबैले हो कुरेको