
Maya Ko Rang Lyrics
- Genre:Rock
- Year of Release:2019
Lyrics
मेरो यो मनको
तिमी नै एउटा चाहना
तिमी नै मेरो प्रेरणा
तिमी नै जिउने बाहाना
सारा यो खुसी तिमीलाई
तिम्रो त्यो हाँसो मलाई
बुझन यो भावना
यो भावना
सोची रहेको छु म
तिमीलाई अघि राखेर
सोची रहेको छु म
तिमीलाई अघि राखेर
मनका भावाना तिमीमा नै पोखुँ भनेर
मेरा सारा कल्पनाहरु
तिमीले नै पुरा गर्नु
मायाको मेरो रंग यो
तिम्रो निम्ति सँधै बगेको
डुबन यो रंगमा
यो रंगमा
तिमीले नै मेरो यो भाव
बुझाउने छौ अरूलाई
सुम्पिएको छु मेरो यो आत्मा
तिमीलाई
छैन कुनै लुकेको आश
तिमीबाट पाउनलाई
राखेको छु संगाली चोखो माया
तिमीलाई यो मनमा
यो मनमा
मेरो यो मनको तिमी नै एउटा चाहना
कोरेको छु मेरो सपना
सानो खालि एउटा कागजमा