Gainele Bhanthyo Lyrics
- Genre:World Music/Folklore
- Year of Release:2019
Lyrics
गाइनेले भन्थ्यो यो गीत मेरो चौडाँडा पुर्याइदेऊ
नछेक कतै घेरामा हाली संसारै सुनाइदेऊ
को भन्छ तेरो को भन्छ मेरो चरीको बोलीलाई
सबैले आफ्नो ठानेर सुन्छ पवित्र खोलीलाई
आवाज मीठो गीतको ध्वनी सबैलाई सुनाइदेऊ
राजाले लाउने सीमाको रेखी म लाउँन चाहन्न
मेरै हो भन्ने दावी छ भने म गाउन चाहन्न
मान्छेको दिलको सरल बोली सबैलाई सुनाइदेऊ