Lamppost Lyrics
- Genre:World Music/Folklore
- Year of Release:2011
Lyrics
ल्याम्पपोस्टमुनि आगो तापिरहेछन्– नानीहरू
युगौंदेखि छ– जाडो
उहिल्यै त दाउरा बाल्थे रे ताप्न
बाल्थे रे– पानी र हावा
हामीले बाल्यौँ टायर भत्केका मिनिबसका
बाल्यौँ खबरकागज र राजनेताका पम्पलेट
आज नानीहरू बालिरहेछन्– धर्मग्रन्थका अन्तिम पृष्ठ
फिल्मफेयर र आधुनिक कविता
के बाल्लान् भोलिका नानीहरू ?
के बाल्लान् हँ.... ?!
युगौंदेखि छ– जाडो
ल्याम्पपोस्टमुनि आगो तापिरहेछन्– नानीहरू