![Sirfula Siraima](https://source.boomplaymusic.com/group10/M00/09/15/e4dab2ea14e1479b95175a2ba679c30d_464_464.jpg)
Sirfula Siraima Lyrics
- Genre:Folk
- Year of Release:2017
Lyrics
शिरफूल शिरैमा
वनफूल वनैमा
हिउँको फूल धौलाशिरीमा
फागुनेको धुरी चलिरैछ हुरी
पुपाल बुकी भेटिन्छ कि कुनै चरी
शिरैमा शिरफूल हातैमा ऐना
मायाको पिँजरा’ट उडिजाऊँ मैना
पेल्माको तिरैतिर, याम्खार भीरैभीर
भेटै हौंला मैकोट शिरैशिर
शिरफूल शिरैमा
वनफूल वनैमा
हिउँको फूल धौलाशिरीमा
मनभरि फूल लाउने कोही छैन
नदेखेमा सन्तोक देखे माया लाउँछ
चरी भुरुरुरु निगाली गाँज
सम्झी आएँ झम्के झम्के साझँ
तक्सेरा झरौँला दम्चनमा बसौँला
ढोरपाटनमा घरजम गरौँला
शिरफूल शिरैमा
वनफूल वनैमा
हिउँको फूल धौलाशिरीमा