![Maya ho ki maya jastai (Composer's Version)](https://source.boomplaymusic.com/group10/M00/09/16/2a3a27b8d51c4eda938b9da485cfdada_464_464.jpg)
Maya ho ki maya jastai (Composer's Version) Lyrics
- Genre:Acoustic
- Year of Release:2021
Lyrics
भन न
मनमा के छ
सुनिरहन्छु म
शब्दमा जादू छ तिम्रो
भुलीरहन्छु म
छिन् को छिनमै दिन बित्छ
किन थामिँदैन?
हो ओ हो ओ
यो ढुकढुकी ले खोज्ने को हो हो
माया हो कि माया जस्तो
आँखाको भाषा नी के हो कस्तो
नबोलेनी सुनिने
हो ओ हो ओ
जुन हौ तिमी कालो रातको
आगमन हौ तिमी बसन्तको
आशाको पहिलो दियो हौ
Mm mm hmm hmm
M m mm hmm mm
साथ हौ कहिले नछुट्ने
मात हौ कहिले नपुग्ने
रागको आलाप हौ तिमी
आत्माले दिनदिनै गाउने
मेरो खाली रचनामा संगीत भरिदियौ,
रंगहरुले सजाइदियौ
हो हो हो
माया हो कि माया जस्तो?
पहिलो किरण झैँ घामको
हरेक कणलाई पार्दै न्यानो
जगतलाई ब्युझाउने
हो हो हो
बिर्सुं भन्दा नी याद आउँछ तिम्रो
हरेक मुस्कानमा मन मेरो
डुब्दैछ मायामा झन् झन् गहिरो
हो हो हो
(माया हौ की माया जस्तै)