
यादहरु ft. Aakriti Dulal Lyrics
- Genre:Pop
- Year of Release:2025
Lyrics
Asaa बिलायी सक्यो
hmm
फुल सरी ओइली गयो
उर्जा नभाको हैन
सुन्यता नि भारी भयो
रात हरु निद्रा बिना
सपना टाढै छ
गन्तब्य अनगिनत त्यसैले लागे म
धागो झै नाजुक मित्रताको सम्बन्धलाई बान्धेर
फर्केर आउने आशामा भावनालाई गाँठो पारेछौ
बाटै बाटो फूलहरु कैले मखमली
त कैले ओइलाएको पात जब पर्छ झरी
अतितका बातहरु आउने गर्छन मौसम सरि
निस्ठुरी सम्झना ले उदाइलाञ्छ हुरी बनि
धुवा र आगो बिचको समएमा अड्के म
अनिश्चित भविस्यमा के थाहा कसको गल्ति छ
कैलेकाही आफै सित आफ्नै आत्मा भड्किञ्छ
निराशा कैले प्रेरणा कैले कुलत झैँ बंदिन्छ
यी बाद विवादलाई परै राख
नसोच मेरो साथ पराइ भाछ
हुनेछु तिम्रो माझ येदि केहि परेमा
घाम कतै हराउदैन रात परेको बेला
हिड्दै छु आशा बोकेर
राख सम्हालेर समय ले पर्खन्न
काहा जान्छौ छाडेर माया अजम्बरी छ
राख सम्हालेर समय ले पर्खन्न
काहा जान्छौ छाडेर माया अजम्बरी छ
रोकिए पाइला यी मलाइ डोर्याउन संघर्स बाकि छ यो याद दिलाउ न
रोकिए पाइला यी मलाइ डोर्याउन संघर्स बाकि छ यो याद दिलाउ न
यादहरु सम्झेर दिन रात पर्खे म
बाध्यता ले नाबांध्य भए फर्किएर आऊथे म
यादहरु सम्झेर दिन रात पर्खे म
बाध्यता ले नाबांध्य भए फर्किएर आऊथे म
बिहानी अनौठो छ धमिलो एक्लो रात
धुवाले भरेको कोठा मा चिसो पश्चाताप
कसरी व्याख्या गर्छौ पागल लाइ पागलपन र दुखि लाइ संघर्ष मलाइ त्यसैले नसोध
के पाय के गुमाए कलम कापी बोक्दै खोज्दैछु उपाए
राख्न मन छ कुरा हरु केहि नलुकाई
सायद थियिन होला तिम्रो लागि म नि लाएक
चिन्ने छैनौ वेक्तित्व येदि म फर्की आए
फर्कन खोज्छु तर मिल्दैन घडी झैँ समय पनि बदल्न
म अड्किरहे तिम्लाई खोज्दै
त्यो मौनता को वार्तालाब मा एक्लै बोल्दै
प्राथना र शुभकामना छ तिम्रो लागि
भुल्ने म छैन दैब लाइ नै राख हाम्रो साक्षि
बाहना छ बाच्न धेरै कथाहरु बाकी
म लेख्दै गर्छु वाक्य तिम्रो सम्झना राखी
राख सम्हालेर समय ले पर्खन्न
काहा जान्छौ छाडेर माया अजम्बरी छ
राख सम्हालेर समय ले पर्खन्न काहा जान्छौ छाडेर माया अजम्बरी छ
रोकिए पाइला यी मलाइ डोर्याउन संघर्स बाकि छ यो याद दिलाउ न
रोकिए पाइला यी मलाइ डोर्याउन संघर्स बाकि छ यो याद दिलाउ न
यादहरु सम्झेर दिन रात पर्खे म
बाध्यता ले नाबांध्य भए फर्किएर आऊथे म
यादहरु सम्झेर दिन रात पर्खे म
बाध्यता ले नाबांध्य भए फर्किएर आऊथे म