Chhaina Bharosa Lyrics
- Genre:Pop
- Year of Release:2024
Lyrics
छैन भरोसा जिबनको
कुन दिन कुन रात अन्तिम हुने हो
को को हास्ने हो को को रुने हो
दुखहरुलाई अङ्गालेर,बाच्नु पनि जिन्दगी हो
आसुहरुलाई सङ्गालेर,हास्नु पनि जिन्दगी हो
छैन भरोसा जिबनको कुन बोली कुन हासो अन्तिम हुने हो
को को हास्ने हो को को रुने हो
जन्मे पछि मर्नै पर्ने,संसारको यो रित नै हो
आउँछ जान्छ सुख दुख,बाच्नु पर्ने संघर्ष मै हो
छैन भरोसा जिबनको कुन यात्रा कुन पाइला अन्तिम हुने हो
को को हास्ने हो को को रुने हो