
?0 Lyrics
- Genre:Rock
- Year of Release:2024
Lyrics
खोला
बग्ने क्रममा कोरिएका
दोहोरिएको कथा जस्तै
मेरा पानाहरु आज निरन्तर
उदेश्य के हो थाहा छैन
सम्हालिदै यो अन्योलमा
आज केवल बग्ने मेरो बहाना
अंगालिदिन्छ वाधाहरुले
तर लम्किदैछु गोरेटोमा
प्रश्न यो हैन कि म सागर छुन्छु कि छुदिन
प्रश्न यो हो कि तिम्रो तिर्खा मेटियो कि मेटीएन
घाम
उदाउने क्रममा छोपिएका
मेरा किरणहरु आज चिर्दैछु
तिमी सोच्छौं होला कठोर छु म
वर्णन गर्न पनि नपर्ला
सृजनाले भरिपूर्ण
परिकल्पना जस्तो त्यो म हैन
गल्ती मेरो न त तिम्रो हो
सम्झौता भन्नुनै यहि हो
प्रश्न यो हैन कि म धर्ती चुम्छु कि चुम्दिन
प्रश्न यो हो कि तिमीलाई न्यानोपन दिए कि छैन
प्रकृति
थाहा छ तिमीलाई मौनता मेरो
आक्रोश त्यो आँखाको मलाई नदेखाऊ
बरु उत्तरहरु आज आफ्नै आँखालाई सोधि हेर
प्रश्न यो हैन मेरो हृदय हुन्छ कि हुदैन
प्रश्न यो हो कि तिम्रो हृदयमा म छ कि छैन