![Pirati Ko Geet](https://source.boomplaymusic.com/group10/M00/06/19/4987fdc91ed645499c032e434348af40_464_464.jpg)
Pirati Ko Geet Lyrics
- Genre:Soul
- Year of Release:2024
Lyrics
पिरतीको गीत मेरो तिमीलाई सुनाउँछु
बन्धकीमा मेरो मुटु तिमीलाई बुझाउँछु ।
यता उता जता पनि तिम्रै छाँया देख्छु
मेरो मनको बागभरि तिम्रै माया रोप्छु
जिन्दगीको सरगम मेरो तिमीलाई नै बनाउँछु
बन्धकीमा मेरो मुटु तिमीलाई बुझाउँछु ।
सुख, दुःख सधैं भरि तिम्रै गीत गाउँछु
छाती भित्र मुटुभरि तिम्रै प्रीत पाउँछु
मनका सारा खुसीहरु तिमीलाई नै सुनाउँछु
बन्धकीमा मेरो मुटु तिमीलाई बुझाउँछु ।