Simal ko bhuwa jastai ft. Rajesh Payal Rai Lyrics
- Genre:Pop
- Year of Release:2016
Lyrics
सिमलको भुँवा जस्तै
सिमलको भुँवा जस्तै
उड्यौ तिमी कता कता
उड्यौ तिमी कता कता
हरपल याद आउँछ
हो ... हरपल याद आउँछ
तिम्रै जतातता
तिम्रै जतातता
यथार्थको पीडाभन्दा
कल्पनाको सुख राम्रो
कल्पनाको सुख राम्रो
हो ...यथार्थको पीडाभन्दा
कल्पनाको सुख राम्रो
कल्पनाको सुख राम्रो
स्मृति नै अमर बनोस्
स्मृति नै अमर बनोस्...
यादगार पल हाम्रो
यादगार पल हाम्रो
गौँेथलीको जोडी जस्तै
गौँेथलीकोे जोडी जस्तै
उड्यौ तिमी कता कता
उड्यौ तिमी कता कता
हरपल याद आउँछ
हो ... हरपल याद आउँछ
तिम्रै जतातता
तिम्रै जतातता
शङ्कै थिएन मलाई
दोबाटोमै छाड्छौ भनि
शङ्कै थिएन मलाई
दोबाटोमै छाड्छौ भनि
अन्धकारमा चाल्छु कदम
कुहिरोको पन्छी बनी
श्रावणको भेल जस्तै
श्रावणको भेल जस्तै
बग्यौ तिमी कता कता
बग्यौ तिमी कता कता
हरपल याद आउँछ
हो ... हरपल याद आउँछ
तिम्रै जतातता
तिम्रै जतातता